Ads by AdGenta.com
Ads by AdGenta.com

Monday, April 16, 2007

Extra Innings: Changes due to Cricket

क्रीकेट विश्वकप २००७ ले अहिले सबैको ध्यान खिचेको छ । विश्वकपको रन्कोले सबैलाई तताइरहेको बेला समय अन्तरका कारण नेपालमा खेल राती हुने भए पनि यसले नेपाली खेल प्रेमीहरुलाई कुनै असर पारेको छैन तर भारत र पाकिस्तानको छिटो घर फिर्तिले भने सबैको नजरमा यो क्रीकेट विश्वकप खल्लो भएको छ ।
विश्वकप सकिएको छैन मैदान खाली हुन सुरु भइसकेको छ र टेलिभिजन विज्ञापनमा कमि आउन थालिसकेको छ । भारतको बाहिरीले विश्वकप आयोजकहरुको मात्र होइन टेलिभिजन प्रसारक र विज्ञापनदाताहरुलाई पनि ठुलो समस्या परेको छ । भारतको विदाईसँगै खेलप्रेमीहरुमा खेलाडीहरु प्रति पनि अचम्मको रिस देखियो । भारतभरि विरोध प्रदर्शन भयो । केही खेलाडीहरुको घर, अफिसमा आक्रमणको प्रयास भयो । प्रहरीले उनीहरुको घर अफिसमात्र नभई ससुरालीसम्ममा सुरक्षा बढाउनुपर्यो । अझ यो रिस पोखिनुमा भारतीय मिडियाहरुले पनि ठुलो भुमिका खेले । विश्वकपबाट बाहिरिएको लगत्तै स्टार न्युजले धिक्कार खेलाडी भनेर समाचार प्रशारण गर्यो । स्टारले त्यस समाचारमा कसरी भारतीय खेलाडीहरु खाली विज्ञापनको लागि मात्र उत्कृष्ट छन् भनेर देखायो । यतिमात्र नभई स्टारले त भारतीय खेलाडीहरुलाई म क्रीकेटर हुँ भन्नु भन्दा मोडल हुँ भनेर भन्न समेत भन्यो । आजतक एनडिटिभी आदि अनेकौँ मिडिया पनि किन पछि पर्थे र भन्या उनीहरु पनि भारतीय टिममाथि खनिए पछि त जनताको के लागोस् र ।
भारतको हार लगत्तै विज्ञापनदाताहरुमा पनि ठुलो समस्या देखियो । पेप्सीले भारतिय बजार हेरेर ३०० करोड भारु खर्च गरेर ब्लु विलियन (Blue Billion) को विज्ञापन बनाएको थियो तर भारतिय िसंहहरु मैदानमा टिक्न नसकेपछि पेप्सीले सो विज्ञापन रोकेको छ । त्यसै गरि सान्सुई (SANSUI), एल.जी (LG), भिडियोकन (VIDEOCON) जस्ता थुप्रै कम्पनिहरुले पनि विज्ञापनमाथिको करौडोको खर्च गरेका थिए र अहिले घाटा भोग्नुपरेको छ । बलिउडलाई क्रीकेटको लागि भनेर विदा गरेका प्रायोजकहरु फेरी बलिउडतिरै फर्कनुपरेको छ । भारतको विश्वकपको सपनासँगै यसरी करौडौको सपना र रुपैयाँ टुकि्रएको छ ।
टुकि्रएको सपनासँगै अहिले भारतमा विश्वकपको हारको कारक को हो भनेर बलिको बोको खोज्ने काम सुरु भएको छ । कतिले कोच ग्रेग चेपललाई दोष दिइरहेका छन् भने कोचले अनुभवि र ठुला भनिएका खेलाडीहरुलाई… कप्तान राहुल द्रविडको राजिनामा माग गर्नेहरुको थुप्रो पनि कम छैन । कागजी सिँह ठहरिएका खेलाडीहरुले प्रदर्शन गर्न नसकेपछि भारतमा अहिले खेलाडी कोच भारतिय क्रीकेट वोर्ड विसिसिआई र आम जनता विच दोहोरीको हंगामा मच्चिरहेको छ । तर अन्तमा हार खानु परेको छ कोच चेपलले । सबैले दोषी मानेपछि के गरोस् विचरा चेपल । अन्ततः पारिवारिक कारण देखाउदै ४ अप्रिलमा राजीनामा दिए । उनको विदाई सँगै खुशी हुनेहरुको लर्को लागेको छ । हुनपनि उनी मुर्ख त मुर्खै हुन् अब कहाँ भारत जस्तो देशमा विश्वकपबाट बाहिरिनुको दोष खेलाडीलाई लगाएका भन्या । भारतियहरुको लागि क्रीकेट खेलमात्र होइन यो त एक नशा हो । जहाँ सचिन तेन्दुलकरलाई भगवान भन्दा ठुलो ठानिन्छ त्यही सचिनलाई दोष दिनु त अलि हजम नभएकै हो ।
उता पाकिस्तानका पनि यस पटकको चाँडो घरफिर्तिले अर्को हंगामा मच्चिएको छ । यही क्रीकेटकै कारण उनीहरुले आफ्नो कोच बब उल्मरलाई गुमाउनुपरेको छ भने कप्तान इन्जमाम उल हकले पनि एकदिवसिय खेलबाट विदा लिए । उल्मरको हत्याले आयरल्याण्डसँगको अविश्वनिय हारबाट आघातमा परेको पाकिस्तानले अर्को चोट भोग्यो र फेरी अर्को भुकम्प बनेर आयो इन्जमामको त्याग । यो सबै घटनाले पाकिस्तानी क्रीकेटलाई नै शंकामा पारिदिएको छ । आयरल्याण्ड र पाकिस्तान विचको खेल फिक्स भएको आरोप लगाउनेहरुलाई कोच उल्मरको हत्याले बल मिलेको छ । जमैका प्रहरीको भनाइ अनुसार पनि उनको हत्या फिक्सिङ कै कारण भएको हो । समाचारहरुका अनुसार उनी आफ्नो जीवनी प्रकाशित गर्ने सिलसिलामा थिए र उक्त किताबमा उनले क्रीकेटमा हुने म्याच फिक्सिङको बारेमा उल्लेख गरेको थिए । त्यसैलाई रोक्न उनको हत्या भएको प्रहरीको अनुमान छ । एक पछि अर्को चोट बेहोरेको पाकिस्तानमा पनि विश्वकपको चाँडो विदाइको दोष कसलाई थोपर्ने भनेर खेल सुरु भइसकेको छ । कप्तानले खेलाडीहरुले आफुलाई साथ र सहयोग नगरेको जनाएका छन् भने अरु पनि किन पछि हट्थे र ?
उता पाकिस्तान र भारतको छिटो घर फिर्ती र दक्षिण अपि्रुका माथिको विजयले अब अस्ट्रेलियाको विश्वकप जित्ने सम्भावना अझै बढेको विश्लेषकहरुको भनाई छ । एसियाबाट श्रीलंका र बंगलादेश दोस्रो चरणमा प्रवेश गरेपनि उनीहरुलाई पत्याउनेहरु निकै कम छन् । इंगल्याण्डको लडखडाउदो उपस्थिति आयोजक वेस्ट इण्डिजको लगातारको पराजयले अजय अस्ट्रेलिया नै यो पटकको विजेता बन्ने लक्षण देखिन्छ र उसको एउटै दह्रो प्रतिस्पर्धि हुन सक्छ कालो विरालोको उपमा पाएको न्यु जिल्याण्ड । तर क्रीकेट आश्चार्यले भरिएको खेल भएको हुनाले जे पनि हुन सक्छ ।

No comments: