Ads by AdGenta.com
Ads by AdGenta.com

Thursday, December 14, 2006

Kathmandu International Mountain Film Festival

मंसीर २१ देखि २५ सम्म राजधानीमा हिमाल एसोसिएसनद्धारा आयोजित चौथो अन्तर्राष्ट्रिय पर्वतिय चलचित्र महोत्सबले काठमाण्डौलाई निकै ततायो । काठमाण्डौलाई अन्तर्राष्ट्रिय चलचित्र महोत्सबको क्षेत्रमा महत्वपुर्ण स्थानको रुपमा चिनाउनका लागि सन् २००० बाट आफ्नो यात्रा सुरु गरेको महोत्सबले आफ्नो चौथो संस्करणसम्म आइपुग्दा महोत्सबहरु माझ भिन्नै स्थान बनाएको छ । जम्मा गरेर २६ राष्ट्रका ७३ वटा चलचित्रहरु काठमाण्डौका तीन स्थानमा प्रदर्शन गरिएको थियो । पर्वत पर्वतिय समुदाय र पर्वतिय खेलकुदमा आधारित भएर बनाइएका उत्कृष्ट चलचित्रहरुले द्वन्द्व संस्कृति वातावरण जीवनशैली विश्वव्यापिकरण जस्ता धेरै प्रकारका विधाहरु समेटेको थियो ।

यस पटकको महोत्सबमा प्रदर्शित चलचित्रहरुले धेरैको ध्यान खिच्न सफल भयो । एक लिङ्ग परिवर्तन गरेकी महिलाको साइकल प्रतियोगितामा भाग लिने संघर्षको कथा बोकेको क्यानाडाको हन्ड्रेड परसेन्ट वोमन (100% women) देखि भारतको कश्मिरमा श्रीमान बेपत्ता बनाइएका अर्ध विधवा महिलाहरुको पीडा बोकेको Waiting जस्ता चलचित्रहरुले दर्शकहरुमाझ छुट्टै पहिचान बनाए । अपहरित भए पछि बाल सैन्यको रुपमा लडाँई लड्नु परेका युगान्डाको बालबालिकाहरुको कथा समेटेको इन्भिजिवल चिल्ड्रेन-रफ कट (Invisible Children-Rough Cut), युद्ध र विदेशीहरुको हस्तक्षेपको कारणले तहसनहस भएको अफगानिस्तनका महिलाहरुले भोग्नुपरेको पीडा बताउने भ्यु प्रुम अ ग्रेन अफ स्यान्ड (View froma a Grain of sand) द्धन्द्धको कारणले १२ वर्षको उमेरमै परिवारको भरणपोषणमा लाग्न बाध्य बालकको कथा बोकेको सिमेन्ट (Cement) जस्ता चलचित्रहरु हेरेर दर्शकहरुले भर्खरै निकॊ हुन लागेको सशस्त्र द्धन्द्धको पीडालाई झलझली सम्झिए ।
प्रदर्शित ७३ चलचित्रहरुमध्ये दर्शकहरुको रोजाइमा भने भारतीय निर्देशक गौरब जानीको राइजिङ्ग सोलो टु द टप अफ दि वल्र्ड (Rising solo to the top of the world) उत्कृष्ट रह्यो । निर्देशकले भारतीय शहर मुम्बई देखि लद्दाखको चाङ्गथाङ्ग पठार (Changthang Plateau) सम्म एक्लै मोटरसाइकलमा गरेको यात्रा र यस अवधिमा उनले देखेका भोगेका अनुभवहरुको विवरण निकै रमाईलो तरिकाले प्रस्तुत गरिएको छ । चलचित्रमा यस यात्राले निर्देशकलाई जिवनको छुट्टै पाटो सिकाएको देखाइएको छ ।
नेपालको तर्फबाट सहभागी बृतचित्रहरु केसाङ्ग छेतेनको हामी कुनाको मान्छे, सुविना श्रेष्ठको चुलो चोलो र बन्दुक, एलेक्स ग्यब्बे र सुविना श्रेष्ठको द लाष्ट रेस मध्ये भने निर्माता केसाङ्ग छेतेनको हामी कुनाको मान्छे (We Corner People) ले सर्वश्रेष्ठ बृतचित्रको उपाधिसँगै नगद रु २५००० प्राप्त गर्न सफल भयो । बृतचित्रले रसुवाको विकट गाउँको कथालाई देखाएको छ जहाँ झोलुङ्गे पुलले ल्याएको परिवर्तनको कथाहरु प्रस्तुत गरेको छ ।
महोत्सबको अन्तिम दिन प्रदर्शित सुविना श्रेष्ठको चुलो चोलो र बन्दुकले भने नेपालको द्वन्द्व र माओवादी महिलाहरुको कथालाई समेटेको छ । यस बृतचित्रले महिलाहरु माओबादीमा लाग्नाको कारण र उनीहरुले गरेका त्यागको कथालाई राम्ररी देखाएको छ ।
स्वर्गीय भुगोलविद् डा। हर्क गुरुङ्गप्रति सर्मपित यस पटकको संस्करणमा क्यानाडामा आयोजना हुने व्यान्फ (Banff) चलचित्र महोत्सबमा उत्कृष्ट ठहरिएका चलचित्रहरु पनि प्रदर्शित गरिएको थियो । हरेक दुई वर्षमा आयोजना हुने गरेको अन्तर्राष्ट्रिय पर्वतिय चलचित्र महोत्सब अब देखि प्रत्येक वर्ष आयोजना हुने घोषणासँगै हामीबाट विदा भएको छ ।
This is just an experiment. Please comment whether you are able to read it easily or not. Firefox or FLOCK may not support unicode used here, so it might be hard for you to read. But use Interner Explorer (IEXP) instead, you can easily view it. Your comment is very much valuable for us. Thank for being with us.

2 comments:

Abhishek said...

I cannot read the post.
I tried to switch to several character encoding using
VIEW > Character Encoding > ...
in Firefox but with no success.
Please tell how to change the settings of my browser to be able to read nepali content.

Young Innovation said...

Yes it's the problem with Firefox or Flock. The problem is they don't support unicode. So it became hard for you to read in nepali. But if you open this in internet explorer, then you can read it easily. Enjoy the blogging...